Kathmandu Press

सडेको अवस्थामा भेटियो युवकको शव

धनगढी, पुस १७ : कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा युवकको शव फेला परेको छ।शव फेला परेको...
सडेको अवस्थामा भेटियो युवकको शव

धनगढी, पुस १७ : कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा युवकको शव फेला परेको छ।

शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उनका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो।

शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ  अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५र३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको बताइएको छ।

प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्