Kathmandu Press

‘लोडसेडिङ होइन, केही समय विद्युत् आपूर्तिमा अवरोध भएको हो’ 

प्राधिकरणले विज्ञप्तिमार्फत छोटो समयलाई विद्युत् आपूर्तिमा अवरोध भए पनि तत्काल लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको बताएको हो ।
‘लोडसेडिङ होइन, केही समय विद्युत् आपूर्तिमा अवरोध भएको हो’ 

नेपाल विद्युत् प्राधिकरणले तत्काल लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको बताएको छ । प्राधिकरणले विज्ञप्तिमार्फत छोटो समयलाई विद्युत् आपूर्तिमा अवरोध भए पनि तत्काल लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको बताएको हो ।

नेविप्राले यसअघि सञ्चारमाध्यमबाट प्रकाशित अघोषित लोडसेडिङ गरिएको समाचारको  विज्ञप्तिमार्फत खण्डन गर्दै लेखेको छ, ‘अघोषित लोडसेडिङ सुरु भएको, विद्युत् आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारले नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा नेविप्राले विगत ३ वर्षअघि देखि नै लोडसेडिङ अन्त्य गरिसकेको छ ।’

नेविप्राले राष्ट्रिय विद्युत् प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा अवरोध भएको बताएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ होइन । तथापि त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ ।’

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्