Kathmandu Press

नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं–  नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार नेप्से २५.२१ अंकले बढेर २०८७.२८ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च क्लोजिङ बिन्दु...
नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं–  नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार नेप्से २५.२१ अंकले बढेर २०८७.२८ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च क्लोजिङ बिन्दु रहेको छ  । 

प्रधानमन्त्री केपा शर्मा ओलीले संसद् विघटन गरेसँगै नेप्से ओरालो लागेको थियो । केही दिन लगानीकर्ता ‘पर्ख र हेर’ को स्थितिमा रहेका थिए ।  लगानीकर्ताको मनोबल बढ्दै गएकाले सेयर बजारले गत बुधबारदेखि उकालो लागेर हालसम्मकै उच्च बिन्दु चुमेकाे छ ।

साताको अन्तिम कारोबार दिन (आज बिहीबार) ५ अर्ब ७० करोड ८६ लाख ९ हजार ८३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  यस दिन साल्ट ट्रेडिङको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्