Kathmandu Press

वाग्मती प्रदेशमा लाइसेन्सको अनलाइन फारम भर्ने सेवा शुरु

वाग्मती प्रदेशमा लाइसेन्सको अनलाइन फारम भर्ने सेवा शुरु
फाइल तस्वीर।

हेटौँडा, पुस १६ : वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा बिहीबारदेखि शुरु भएको छ। 

वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा बिहीबारदेखि शुरु गरेको हो। 

काठमाडौँ उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको भएको र यसलाई निरन्तता दिइने वाग्मती प्रदेश यतायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले बताएश्उर  

केही महिनाअघि प्रदेशको केही जिल्लाबाट विभिन्न प्रकारको सवारी साधनको अनुमतिपत्र प्राप्त गर्नका लागि लिखित परीक्षा उत्तीर्ण गरिएको र ट्रायलको परीक्षा दिन बाँकी रहेका साथै ट्रायल परीक्षमा अनुउत्तीर्ण भएका परीक्षार्थीसमेतलाई मौकाको ट्रायल परीक्षमा गरी कूल ६८५ जनालाई समावेश गराउने तयारी भइरहेको उनले बताए।  

उनका अनुसार केही महिनाअघि लकडाउनका कारण स्थगन गरिएको ट्रायल परीक्षा पुस १९ देखि २२ गतेसम्ममा सञ्चालन हुनेछ।

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्