Kathmandu Press

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई इक्राएनपी–आईआर बीबीबी रेटिङ प्रदान

काठमाडौं– हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनकाे तयारीमा रहेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई  इक्राएनपी–आईआर बीबीबी रेटिङ प्रदान गरिएको छ  । इक्रा नेपालले बैंकलाई  इक्राएनपी–आईआर बीबीबी रेटिङ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई इक्राएनपी–आईआर बीबीबी रेटिङ प्रदान

काठमाडौं– हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनकाे तयारीमा रहेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई  इक्राएनपी–आईआर बीबीबी रेटिङ प्रदान गरिएको छ  । इक्रा नेपालले बैंकलाई  इक्राएनपी–आईआर बीबीबी रेटिङ प्रदान गरेको हो । यस रेटिङले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ । इक्रा नेपालले कम्पनीहरुलाई ८ तहमा रेटिङ प्रदान  गर्ने गरेको छ । जसमा एएए सबैभन्दा उत्तम र डी सबैभन्दा कमजोर रेटिङ हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्रबोर्डबाट सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । प्रत्याभूतकर्तामा  नागरिक लगानी कोष रहेको छ भने भने सेयर निष्कासन तथा  बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

बैंकको अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रहेको छ । आईपिओ  निष्कासन गरी बाँडफाँटपछि  बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्