पोर्चुगलमा कोभिडबाट एक नेपाली युवकको मृत्यु
काठमाडौं, पुस १६ : कोरोना भाइरसको संक्रमणको कारण पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ। २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको साउ जोसे...
काठमाडौं, पुस १६ : कोरोना भाइरसको संक्रमणको कारण पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ। २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचारको क्रममा मृत्यु भएको हो।
उनी विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका थिए। तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ।
कोभिडको कारण ज्यान गुमाउने उनी छैठौं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ। राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताएका छन्।











