Kathmandu Press

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गरिने विजय लघुवित्त, गुडविल फाइनान्स, पोखरा फाइनान्स र मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं– नेपाल स्टक एक्सचेन्जमा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज  (१६ पुस) अन्तिम दिन रहेको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गरिने विजय लघुवित्त, गुडविल फाइनान्स, पोखरा फाइनान्स र मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

विजय लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद वितरण गर्नेछ । यसले २९ पुसमा साधारण सभा गर्न १७ पुसमा बुक क्लोज गर्दै छ । 

गुडविल फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८.४० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद वितरण गर्ने भएको छ । गुडवुलले  २९ पुसमा साधारण सभा गर्न १७पुसमा  बुक क्लोज गर्दै छ ।  त्यस्तै, पोखरा फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट  ५ प्रतिशत बोनस सेयर र करका लागि ०.२६ प्रतिशत नगद वितरण गर्न १७ पुसमा बुक क्लोज गर्दै छ । यसले २९ पुसमा साधारण सभा गर्ने भएको छ ।

मेरो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १६.९३ प्रतिशत बोनस सेयर र करका लागि ०।८९ प्रतिशत नगद वितरण गर्न १७ पुसमा बुक क्लोज गर्दै छ । यसले २८ पुसमा साधारण सभा गर्ने भएको छ । 

प्रकाशित मिति: १२:४८ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्