Kathmandu Press

एक सयले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं, पुस १६ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ। छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा...
एक सयले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं, पुस १६ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ। छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ। छापावाला सुन बुधबार भने प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  प्रतितोला ९१ हजार ९५० रुपैयाँमा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा १०० रुपैयाँले घटेको छ। यस्तै चाँदीको मूल्य भने स्थिर छ। चाँदी बुधबार र आजसमेत प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार भएको छ।

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्