Kathmandu Press

कोरोना जित्ने देशमा नेपाल राम्रो गर्नेको पंक्तिमा छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, पुस १५ :  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ जित्ने देशमा नेपाल राम्रो गर्नेको पंक्तिमा रहेको बताएका छन्।ज्यापु संस्कृति विकास कोषले बुधबार आयोजना गरेको...
कोरोना जित्ने देशमा नेपाल राम्रो गर्नेको पंक्तिमा छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, पुस १५ :  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ जित्ने देशमा नेपाल राम्रो गर्नेको पंक्तिमा रहेको बताएका छन्।

ज्यापु संस्कृति विकास कोषले बुधबार आयोजना गरेको कार्यक्रममा उनले सरकारले आवश्यक स्वास्थ्यका पूर्वाधारको विकास गर्दै संक्रमण कम गरिरहेको बताएका हुन्।  पछिल्लो समय आएर सङ्क्रमण निको हुनेको संख्या बढिरहेको उनको भनाइ छ। सरकारले कुनै पनि तयारी नभएको अवस्थाबाट अहिले ८० भन्दा बढी स्थानमा कोभिड परीक्षण गर्ने अवस्थामा पुगेको उनले बताए। 

उनले भने, “पहिलो केस हामीले हङकङ पठाएका थियौँ भने अहिले धेरै ठाउँमा परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको छ।” मन्त्री पोखरेलले ज्यापु समाजको रचनात्मक सुझावका कारण सरकारले गुठी विधेयक सच्याएको बताए।  यो समुदायले सङ्गठित र एकीकृतरुपमा आफ्ना माग सरकारलाई बुझ्ने गरी राखेको उनको भनाइ छ।

देशकै कतिपय ठाउँका गुठीले सामन्तवादलाई बढावा दिए पनि काठमाडौँ उपत्यकाका गुठीले धर्म र संस्कृतिलाई बढवा दिइरहेको उनले बताए। उनले भने,“यहाँका गुठी जनताको सम्पत्ति हो र यिनलाई यसरी नै अघि बढाउनुपर्छ।” रासस

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, पुस १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्