Kathmandu Press

१२ वर्षपछि अपहरणकारी  पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीले सर्लाही हरिवन नगरपालिका–९ का सोलेरकुमार भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई मंगलबार पक्राउ गरेको हो । उनीहरुले  ज्यान मार्ने धम्की दिई रावलबाट फिरौतीबापत १ करोड ५० लाख रुपैयाँ लिएका थिए । 
१२ वर्षपछि अपहरणकारी  पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीले सर्लाही हरिवन नगरपालिका–९ का सोलेरकुमार भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई मंगलबार पक्राउ गरेको हो । 

२०६५ पुस १ मा बाबुराजा रावललाई  बुढाथोकीलगायत प्रल्हाद महत, विष्णु जिसी, बङ्गुरे भनिे विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की र अनिल गुरूङको समूहले अपहरण गरेर बन्धक बनाएको थियो । उनीहरुले  ज्यान मार्ने धम्की दिई रावलबाट फिरौतीबापत १ करोड ५० लाख रुपैयाँ लिएका थिए । 

फिरौती रकम बुझेपछि रावललाई पुस २ गते टोखा पुर्‍याएर उनीहरु फरार भएका थिए ।  प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले इलाम सूर्योदय नगरपालिका–२, पशुपतिनगर टोलबाट बुढाथोकीलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, पुस १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्