Kathmandu Press

राजनीतिक अस्थिरता चाँडै अन्त्य हुन्छ :  मुख्यमन्त्री राई

विराटनगर, पुस १५ :  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका छन्।किरात राई यायोक्खा महानगर...
राजनीतिक अस्थिरता चाँडै अन्त्य हुन्छ :  मुख्यमन्त्री राई

विराटनगर, पुस १५ :  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका छन्।

किरात राई यायोक्खा महानगर समितिले उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित किरात राई यायोक्खा सामूहिक चुल्लो भवन (खिम)को बुधबार उद्घाटन गर्दै जनतामा संघीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौलतासम्बन्धी निरासा केही समयभित्रमा सकारात्मक हुनुका साथै विकास र समृद्ध कार्य द्रुतरुपमा अगाडि बढ्ने बताएका हुन्।

लोकतन्त्रमा भाषा, धर्म र संस्कृति संरक्षणको सङ्गठितरुपमा कार्य गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले अन्यथा नेपालीको पहिचान हराउने बताए। 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, पुस १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्