सगरमाथाको चुचुरोमा पुगे ८ नेपाली
काठमाडौं, वैशाख ३१ : सगरमाथाको चुचुरोमा आठ जना नेपालीको टोली पुगेको छ।
दोलखाका सिद्धिबहादुर तामाङ नेतृत्वको नेपाली टोली मंगलबार द....
काठमाडौं, वैशाख ३१ : सगरमाथाको चुचुरोमा आठ जना नेपालीको टोली पुगेको छ।
दोलखाका सिद्धिबहादुर तामाङ नेतृत्वको नेपाली टोली मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा चुचुरोमा पुगेको हो। पर्यटन विभागले सगरमाथा आरोहीका लागि बाटो बनाउँदै गएको तामाङ नेतृत्वको टोली चुचुरोमा पुगेको पुष्टि गरेको छ।
सगरमाथाको चुचुरोमा पुग्नेमा तामाङसहित संखुवासभाका पसदावा शेर्पा, सोलुखुम्बुका दोर्जी ग्याल्जेन शेर्पा, सोलुखुम्बुकै पासाङ दावा शेर्पा, संखुवासभाका दावा नुर्वु शेर्पा, मिङ दोर्जे शेर्पा, आङफुर्वा शेर्पा र साङ्बु भोटे लामा रहेको पर्यटन विभागले जनाएको छ।
विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन्। यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन्। पर्यटन विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यो याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निस्किएका छन्।
यसअघि सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) को आठको शेर्पा समूहले क्याम्प–२ सम्म बाटो बनाइसकेको थियो। सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ। त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ। आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ।
सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए। जसमा ३४ विदेशी र चार नेपाली समूह थिए। सन् २०१७ मा ३८ आरोही समूहका ३७२ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए।
.jpg)






