Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३१२ जना कोरोना संक्रमित

काठमाडौं,  पुस १५ : काठमाडौं उपत्यकामा थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३१२ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए ३१२ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं,  पुस १५ : काठमाडौं उपत्यकामा थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, बुधबार नेपालमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९  पुगेको छ भने अहिलेसम्म २ लाख ५१ हजार ९१२ जना संक्रमणमुक्त भएका छन्।

यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ६०० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: १६:३० बजे, बुधबार, पुस १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्