Kathmandu Press

बुटवलमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु

बुटवल, पुस १५ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।आज बिहान रुपन्देहीको शुद्धोधन गाउँपालिका १...
बुटवलमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु

बुटवल, पुस १५ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।

आज बिहान रुपन्देहीको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए।

उनलाई मंसिर २७ गते कोरोना संक्रमण देखिएको थियो। होम आइसोलेसनमा रहेका उनलाई पुस १४ गते मात्रै बुटवल अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्