Kathmandu Press

निजी आवास पुनर्निर्माणको ५० प्रतिशत काम सकियो

काठमाडाैं, वैशाख ३१ : भूकम्प गएको चार वर्ष बित्दा पनि नागार्जुन नगरपालिकामा ५० प्रतिशत मात्र निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ। नगरपालिकामा २६ प्रत....

निजी आवास पुनर्निर्माणको ५० प्रतिशत काम सकियो
फाइल फोटो

काठमाडाैं, वैशाख ३१ : भूकम्प गएको चार वर्ष बित्दा पनि नागार्जुन नगरपालिकामा ५० प्रतिशत मात्र निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ। नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले घर निर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिएका छन् । 

नगरपालिकामा पुनःनिर्माणका जम्मा लाभग्राही संख्या चार हजार २८८ रहेकामा एक हजार एक ५५ लाभग्राहीले मात्र निजी आवास पुनःनिर्माण गरेका छन्।  नगरपालिकाका बरिष्ठ इञ्जिनीयर दीपकुमार गिरीका अनुसार नगरक्षेत्रमा नक्सापास गराउन सजिलो नभएका कारण पुनःनिर्माणको गति सुस्त भएको हो। 

मापदण्ड विपरीत बनेका र सडकको मापदण्ड र सानो क्षेत्रफलमा बनेका घरबारे प्रष्ट नीति नहुँदा निजी आवास निर्माणले गति लिन नसेको उनको भनाइ छ। नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही एक हजार ४०५ तथा दोस्रो किस्ता लिने लाभग्राही एक हजार ४७७ रहेका छन्।   

प्रकाशित मिति: १५:३७ बजे, मंगलबार, वैशाख ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्