अदालतले संसद पुनर्स्थापनाको फैसला सुनाउनेमा विश्वस्त छौँ : नेतृ झाँक्री
वीरेन्द्रनगर, पुस १४ : प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छिन्।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा...
वीरेन्द्रनगर, पुस १४ : प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छिन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताइन्। संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उनले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरु पूर्ण विश्वस्त रहेको बताइन्।
न्यायलय कोही कसैबाट प्रभावित हुन नहुने विचार व्यक्त गर्दै नेत्री झाँक्रीले भनिन्, “विधिको शासन कायम गर्ने अन्तिम जिम्मेवारी अब न्यायालयको काँधमा आइपुगेको छ। संघीयतालाई बलियो बनाउन संसद् पुनःस्थापना हुनै पर्छ।” जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई वर्तमान सरकारले दुरुपयोग गरेको उनको आरोप थियो।











