निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइन : महेश बस्नेत
राँझा, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन्।प्रेस संगठन...
राँझा, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन्।
प्रेस संगठन बाँकेले नेपालगञ्जमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताएका हुन्।
जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको बताउँदै उनले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई आग्रह गरे।
प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











