संविधानको रक्षाका लागि आन्दोलन : रावल

धनगढी, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन्।
नेकपा कैलालीले मंगलबार प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दाबी गरेका हुन्।
नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गरे। रावलले भने, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला।”
प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











