सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भन्छन्– नेकपा फुट्दैन, एकजुट हुन्छ

सिलगढी, पुस १४ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा फुट्न नहुने बताएका छन्।
नेकपा डोटीले सिलगढीमा मंगलबार आयोजना गरेको सभामा मुख्यमन्त्री भट्टले पार्टीमा फुट गरेर कसैलाई पनि फाइदा नहुने भएकाले सबै नेता, कार्यकर्ताले एकजुट भएर पार्टी जोगाउनुपर्नेमा जोड दिए।
उनले भने,“पार्टी फुटाएर देशको विकास नहुने भएकाले सबै एकजुट हुनुपर्छ।” मुख्यमन्त्री भट्टले नागरिकको मतको कदर गर्दै उनीहरुको हक हित र विकासका लागि पनि एकजुट भएरै जानुपर्ने बताए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले पार्टी फुटाउनेजस्तो गलत निर्णयलाई प्रशय दिनु आफैँमा हानीकारक भएको बताए। उनले भने, “पार्टी फुट भए हामीलाई नै घाटा हो, आफूलाई घाटा हुने काम नगरी पार्टी जोगाएर जानु नै उत्तम हुनेछ।” रासस
प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











