Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३९८ जना कोरोना संक्रमित

काठमाडौं,  पुस १४ : काठमाडौं उपत्यकामा थप ३९८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३९८ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए ३९८ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं,  पुस १४ : काठमाडौं उपत्यकामा थप ३९८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, मंगलबार थप  ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८  पुगेको छ भने अहिलेसम्म २ लाख ५१ हजार ३१२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८४० पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ७३१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, पुस १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्