Kathmandu Press

साढे तीन महिनापछि भारतले प्याज निर्यातमा लगाएको प्रतिवन्ध हटयो

काठमाडौं, पुस १४ : भारतले प्याजको निर्यातमा लगाएको प्रतिवन्ध हटाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्तरगर्तको बाह्य व्यापार विभागले प्रतिबन्ध हटाउने निर्णय...
साढे तीन महिनापछि भारतले प्याज निर्यातमा लगाएको प्रतिवन्ध हटयो

काठमाडौं, पुस १४ : भारतले प्याजको निर्यातमा लगाएको प्रतिवन्ध हटाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्तरगर्तको बाह्य व्यापार विभागले प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ।

आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै नेपालसहतिका मुलुकमा गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो।  भारतले प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ दोब्बरभन्दा बढीले वृद्धि भएको थियो।

साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको र उक्त निर्णय जनवारी १ देखि कार्यान्वयनमा आउने  भन्सार विभागले जनाएको छ।

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, पुस १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्