८०० रूपैयाँले ओरालो लाग्यो पहेंलो धातुको मूल्य
काठमाडौं, पुस १४ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ। प्रतितोला ७०० रुपैयाँले सोमबार उकालो लागेको सुनको...
काठमाडौं, पुस १४ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ। प्रतितोला ७०० रुपैयाँले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा सोमबार कारोवार भएको थियो। यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ। तेजाबी सुन पनि प्रतितोला ८०० रुपैयाँले घटेको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। प्रतितोला एक हजार ३१५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० रुपैयाँ मूल्य निर्धारण भएको छ।
प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
