ऊर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वत्राबीच भेटवार्ता
काठमाडौं, पुस १४ : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ।राजदूत...
काठमाडौं, पुस १४ : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ।
राजदूत क्वत्राले रायमाझी मन्त्री बनेकोमा बधाई दिएका छन्।
भेटमा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको समाजिक सञ्जालमार्फत राजदूत क्वात्राले जानकारी दिएका छन्।
ऊर्जा, जलस्रोत र सिंचाई मंत्री माननीय श्री टोप बहादुर रायमाझीलाई भेटेर उहाँ मन्त्री नियुक्त भएकोमा बधाई दिए। उहाँसङ्ग संयुक्त परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने बिषयमा छलफल भयो। @MEAIndia@IndiaInNepal@PMOIndiapic.twitter.com/FQwe3W6GdB
— Amb Vinay Mohan Kwatra (@AmbVMKwatra) December 29, 2020
प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











