रंगशाला निर्माणका लागि धुर्मुस र सुन्तलीकाे खुत्रुके अभियान
काठमाडौं, वैशाख ३१ : कलाकरितासँगै समाजसेवामा क्रियाशिल सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (धुर्मुस)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला....

काठमाडौं, वैशाख ३१ : कलाकरितासँगै समाजसेवामा क्रियाशिल सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (धुर्मुस)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणमा अभियानमा जुटेका छन्।
उनीहरूले स्थापना गरेको धुर्मुस सुन्तली फाउन्डेसन यसमा क्रियाशिल रहेको छ। उनीहरूले रंगशाला निर्माणका लागि फाउन्डेसनमार्फत ‘खुत्रुके अभियान’ सुरू गरेका छन्।
चितवनको सनराईज इङ्गलिस बोर्डिङ स्कुलबाट यो अभियानको सुरुवात गरेको धुर्मुसले बताए। ‘यो धुर्मुस र सुन्तलीको मात्रै अभियान नभई सबैको अभियान हो,’ धुर्मुसले भने।
यस अघि उनीहरू सांस्कृतिक कार्यक्रम लिएर विदेश गएका थिए। त्यस्तै कलाकारको क्रिकेट प्रतियोगिता पनि आयोजना गरिएको थियो। त्यसबाट पनि रंगशाला निर्माणका लागि रकम संकलन भइरहेको फाउन्डेसनले जनाएको छ।











