अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन सुरू
काठमाडौं वैशाख ३१ : अन्तर्राष्ट्रिय प्राङ्गारिक सम्मेलन सुरू भएको छ। आज नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म....

काठमाडौं वैशाख ३१ : अन्तर्राष्ट्रिय प्राङ्गारिक सम्मेलन सुरू भएको छ। आज नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मेलनको उद्घाटन गरेका छन्।
सम्मेलनको उद्घाटन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पूँजीवादले मानिसको विकास र प्रकृतिको गति भत्किएको बताए। त्यसैले विश्वको अंगिकार गरेको मात्रै नभएर हाम्रो अनुभवका आधारमा नेपालको कृषि र विकासको मोडालिटी तय गर्नु पर्ने बताए।
‘हाम्रा बाबुबाजेले अग्र्यानिक खेती गर्दा नेपाली कृषिमा आत्मनिर्भर थियौं,’ प्रचण्डले भने, ‘अहिले पढेर, जानेर आधुनिक कृषिको नाममा कृषि झन बिग्रेकाले अब विकासको कुन गतिमा हामी चुकेउ भन्ने कुराको समीक्षा गर्ने बेला आएको छ।’
कार्यक्रममा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले प्राङ्गारिक कृषि सम्मेलन आयोजना गरिएकोमा खुशीलागेको बताइन्। यसले आगामी दिनमा कृषि उत्पादन बढाउन र अग्र्यानिक हुन प्रेरित गर्ने उनको भनाइ थियो।
‘हामी विषादी हालेका उत्पादन खान बाध्य भइरहेका छौ, त्यसलाई निरुत्साहित गर्न आवश्यक छ,’ उनले भनिन्।
आज उद्घाटन गरिएको सम्मेलन भोलिसम्म चल्ने छ। यसमा प्राङ्गारिक कृषि उत्पादनका विषयमा छलफल हुने छ।











