Kathmandu Press

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं, पुस १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचोबीच...
पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं, पुस १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचोबीच भेटवार्ता भएको छ।

डल्लुस्थित खनाल निवास सोमबार भएको भेटमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

भेटमा वरिष्ठ नेता खनाल र एचोबीच दुई पार्टी र दुई देशबीचको सम्बन्धलाई अझ राम्रो र सुदृढ गर्ने विषयमा छलफल भएको थियो। 

भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री एचोले पूर्वप्रधानमन्त्री खनालसँग नेपालको वर्तमान परिस्थितिबारेमा जिज्ञासा राखेका थिए।
 

प्रकाशित मिति: १९:०६ बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्