Kathmandu Press

कोरोना संक्रमणपछि पूर्वगृहमन्त्री जोशी अस्पताल भर्ना

कोरोना संक्रमणपछि पूर्वगृहमन्त्री जोशी अस्पताल भर्ना
गोविन्दराज जोशी।

काठमाडौं, पुस १३ : कोरोना संक्रमणपश्चात अक्सिजन कम भएपछि पूर्वगृहमन्त्री एवं कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी अस्पताल भर्ना भएका छन्।

केही दिनयता अक्सिजनको कमी महसुस गरेपछि शुक्रबार उनको कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजिटिभ आएको थियो। त्यसयता घरमै आइसोलेसनमा रहेका नेता जोशीलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि सोमबार अस्पताल भर्ना गरिएको उनका छोरा दीपकराज जोशीले जानकारी दिए।

‘घरमै राखेर उपचार गर्दा हुन्छ भनेकाले राखेका थियौं,’ उनले भने,‘तर अक्सिजनको कमी देखिएकाले आज अस्पताल भर्ना गरेका छौं।’ नेता जोशी अर्का पूर्व गृहमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौला भर्ना भएको ह्याम्स अस्पतालमै उपचारमा छन्। उनको परिवारले नेता जोशीको नजिकको सम्पर्कमा रहेका सबैले आवश्यकता अनुसार परीक्षण गर्न तथा सावधानी अपनाउन अनुरोध पनि गरेको छ।

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, पुस १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्