Kathmandu Press

ल्होत्सेको चुचुरोमा पुगे पाँच नेपाली

काठमाडौं, वैशाख ३१ : संसारका आठ हजार मिटर अग्ला हिमालमध्ये एक ल्होत्सेको नेपाली टोलीले आरोहण गरेको छ।

आज बिहान ९ः४७ बजे पाँच जना नेपालीको टो....

ल्होत्सेको चुचुरोमा पुगे पाँच नेपाली
एजेन्सी

काठमाडौं, वैशाख ३१ : संसारका आठ हजार मिटर अग्ला हिमालमध्ये एक ल्होत्सेको नेपाली टोलीले आरोहण गरेको छ।

आज बिहान ९ः४७ बजे पाँच जना नेपालीको टोलीले ल्होत्सेको सफल आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ बताए।

सगरमाथा, केटु र कञ्चनजंघापछि यो संसारकै चौथो अग्लो हिमाल हो। यो आठ हजार पाँच सय १६ मिटर अग्लो छ। रोल्वालिङका किलि पेम्बा शेर्पा, थामेका पेम्बा छोटे शेर्पा, थामेकै आङ जङ्बु शेर्पा, सोलुखुम्बुका डेन्डी शेर्पा र रोल्वालिङका तामतिङ शेर्पा ल्होत्सेको चुचुरोमा पुगेका हुन्।

ल्होत्से आरोहणका लागि बाटोमा डोरी राख्दै जाने क्रममा उनीहरू चुचुरोमा पुगेका हुन्। पाँचै जना ‘रोप फिक्स टिम’का सदस्य हुन्। यो ल्होत्से आरोहण गर्ने यो सिजनको पहिलो टोली हो।

 

प्रकाशित मिति: ११:४० बजे, मंगलबार, वैशाख ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्