सात सयले उकालो लाग्यो पहेँलो धातु
काठमाडौं, पुस १३ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले उकालो लागेको छ। शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट...
काठमाडौं, पुस १३ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले उकालो लागेको छ। शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २०० रुपैयाँ रहेकामा आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ पुगेको छ। यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेकामा आज ७०० रुपैयाँले वृद्धि भई ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ। त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार भएको छ। चाँदी आइतबार एक हजार २८० मा कारोवार भएको थियो।
प्रकाशित मिति: १२:१६ बजे, सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
