Kathmandu Press

पाथीभरा क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएन

फुङ्लिङ, पुस १२ : ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन। गत बिहीबारदेखि डढेलो लाग्न शुरु...
पाथीभरा क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएन

फुङ्लिङ, पुस १२ : ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो चार दिनमा पनि नियन्त्रणमा आउन सकेको छैन। गत बिहीबारदेखि डढेलो लाग्न शुरु भएको आजसम्म नियन्त्रणमा आउन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए। 

फेदीको बस्तीदेखि करीब तीन किलोमिटर पूर्वको जङ्गलमा डढेलो लागेको हो। पाथीभरा मन्दिरसम्म पुग्न दुई किलोमिटर रहेको पाथीभरा काफ्लेले जानकारी दिए।  

शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले आगो नियन्त्रणमा लिएको तर शुक्रबार राति फेरि डढेलो शुरु भएको हो। नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र पाथीभरा क्षेत्रका कर्मचारीले नियन्त्रणका लागि प्रयास गरिरहेको काफ्लेले जनाकारी दिए।

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्