Kathmandu Press

संसद् पुनस्थापना हुँदैन : मन्त्री गुरुङ

दमौली, पुस १२ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद् पुनस्थापना नहुने दाबी गरेका छन्। अदालतले संसद् पुनस्थापना गरेमा अलोकतान्त्रिक...
संसद् पुनस्थापना हुँदैन : मन्त्री गुरुङ

दमौली, पुस १२ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद् पुनस्थापना नहुने दाबी गरेका छन्। अदालतले संसद् पुनस्थापना गरेमा अलोकतान्त्रिक हुने उनले बताए।

तनहुँको भिमाद नगरपालिका–३ लोकतान्त्रिक मार्गमा रहेको बडुवा खोलामा निर्माण हुन लागेको पक्की पुलको आज शिलान्यास गर्दै मन्त्री गुरुङले सरकार अनिर्णयको बन्दी हुने अवस्था आएपछि बाध्य भएर मध्यावधि निर्वाचन घोषणा गरिएको बताए।

‘पाँच वर्षसम्म काम गर्नलाई निर्वाचित गरिएको थियोे । त्यो अवधिसम्म काम गर्न दिनुपर्छ। भागबन्डा खोजेर पार्टीबाट नै काम गर्न नदिएपछि बाध्य भएर सरकारले संसद् भङ्ग गरेको हो,’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको घोषणा गरेर जनताको नासो जनतालाई नै फिर्ता गरेको मन्त्री गुरुङले बताए। उनले भने, ‘जनमतमा जानु लोकतान्त्रिक कदम हो।’ मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार विघटन नहुनेसमेत उल्लेख गरे।

प्रकाशित मिति: १८:५० बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्