Kathmandu Press

कोरोना संक्रमणबाट थप ६ जानको मृत्यु

काठमाडौं, पुस १२ : कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट...
कोरोना संक्रमणबाट थप ६ जानको मृत्यु

काठमाडौं, पुस १२ : कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो।

योसहित कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ८२५ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनामुक्त हुनेको २ लाख ४९ हजार ८६३ पुगेको छ।

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्