Kathmandu Press

नयाँ शहर स्थापना प्राथमिकतामा : शहरी विकासमन्त्री साह

काठमाडौं, पुस १२ : नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।आज मन्त्रालयमा...
नयाँ शहर स्थापना प्राथमिकतामा : शहरी विकासमन्त्री साह

काठमाडौं, पुस १२ : नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

आज मन्त्रालयमा पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उनले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गरे। त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उनको भनाइ थियो।

‘सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ,’ उनले भने।

गत असोज २८ गतेदेखि शहरी विकास मन्त्रालयको कार्यभार सम्हाली पुस १० गतेको मन्त्रिमण्डल पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तलैबाट मन्त्री बनेकाले सधैँ तल्लो वर्गलाई हेर्नुपर्नेमा जोड दिए। 
 
सन्थाल बस्तीमा आवास निर्माण गर्ने, राजधानीका विभिन्न स्थानमा साइकल लेन बनाउने कामलाई मन्त्रालयले प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो। ललितपुर महानगरपालिकाले मन्त्री निवास पुल्चोकअघि साइकल लेन निर्माण गरेकाले अरु नगरपालिकालाई पनि कार्यान्वयनका लागि प्रोत्साहन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए।  
 
गौरवका आयोजनाका रुपमा रहेको गोदावरीमा तीन हजार सिट क्षमताको सभाहल निर्माणले माघमा अन्तिम रुप पाउने गरी काम अघि बढाउन आफूले निर्देशन दिएको सो अवसरमा उनले बताए। राज्यमन्त्री रामवीर मानन्धरले मुखले बोलेको कुरालाई कार्यान्वयन गराउन आफू लागिपरेको बताए। 

विघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साहले यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सकेका छन्। उनी विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट क्षेत्र नं ३ बाटै निर्वाचित हुँदै आएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १५:२९ बजे, आइतबार, पुस १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्