Kathmandu Press

आज सुनको मूल्य स्थिर

काठमाडौं, पुस १२ : केही दिनदेखि घटवढ हुँदै आएको सुनको मूल्य आज भने स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको...
आज सुनको मूल्य स्थिर

काठमाडौं, पुस १२ : केही दिनदेखि घटवढ हुँदै आएको सुनको मूल्य आज भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार दुई सय कायम भएको छ। शुक्रबार पनि प्रतितोला ९४ हजार दुई सय रुपैयाँ मै कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि यथावत रहेको छ। आज तेजावी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको छ।

यसैगरि, चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएका छ। शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्