जुडो संघले लगायो सागका पदक विजेता फुपु र रमेशमाथि प्रतिबन्ध
काठमाडौं, वैशाख ३० : दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु लामु खत्री र कास्य पदक विजेता रेमश मगरमाथि प्रतिबन्ध लगाइएको छ।
....
काठमाडौं, वैशाख ३० : दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु लामु खत्री र कास्य पदक विजेता रेमश मगरमाथि प्रतिबन्ध लगाइएको छ।
नेपाल जुडो संघले बैठकले सागकी स्वर्ण पदक विजेता फुपुलाई टोकियो ओलम्पिक २०२० र रेमशलाई १० वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए।
उनका अनुसार स्वर्ण पदकधारी फुपुलाई गत फागुन १० गते बसेको बैठकले र रमेशलाई वैशाख २० मा बसेको बैठकले १० वर्षको प्रतिबन्ध लगाएको हो।
आइओसी सोलिडारी कार्यक्रमअनुसार जापानमा प्रशिक्षणमा गगएकी फुपु जापानको कुनै पनि निकायलाई जानकारी नदिएर समयावधी भन्दा अघि नै प्रशिक्षण छाडेर स्वदेश फर्केकाले कारबाही गरिएको अध्यक्ष बज्राचार्यले बताए।
प्रतिबन्धसँगै अब फुपुले टोकियो ओलम्पिक्स २०२० सम्म कुनै पनि जुडो सम्बन्धी कार्यक्रममा भाग लिन पाउने छैनिन्।
आइजेएफ एकेडेमी लेभल–१ को ११ हप्ते परीक्षामा उत्तिर्ण भएका रमेश प्रयोगात्मक परीक्षाका लागि हंगेरी गएको र उतै पलायन भएकाले १० वर्षको प्रतिबन्ध लगाइएको संघले जनाएको छ।






