Kathmandu Press

गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

गुल्मी, पुस १२ : गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४...
गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

गुल्मी, पुस १२ : गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए। ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १२:१४ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्