Kathmandu Press

बुटवल कोरोना अस्पतालबाट संक्रमित भागे

बुटवल, पुस १२ : बुटवलको कोरोना विशेष अस्पतालबाट एक जना संक्रमित भागेका छन्।बुटवल १३ बेलावसका ५५ वर्षीय पुरुष शौचालय जाने बहानामा भागेको अस्पतालले...
बुटवल कोरोना अस्पतालबाट संक्रमित भागे

बुटवल, पुस १२ : बुटवलको कोरोना विशेष अस्पतालबाट एक जना संक्रमित भागेका छन्।

बुटवल १३ बेलावसका ५५ वर्षीय पुरुष शौचालय जाने बहानामा भागेको अस्पतालले जनाएको छ। उनलाई कोरोना संक्रमण भएपछि गत बुधबार अस्पताल भर्ना भएका थिए।

उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनी आईसीयूबाट भागेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

आज बिहान ६ बजे उनी पिसाब फेर्न शौचालय गएका थिए। त्यहिबाट भागेको डा. थापाले बताए।

प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। अहिलेसम्म फेला परेका छैनन्।

 

प्रकाशित मिति: ११:४३ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्