Kathmandu Press

चितवन करागारबाट भागेका थुनुवा तनहुँमा पक्राउ

चितवन करागारबाट भागेका थुनुवा तनहुँमा पक्राउ

चितवन, पुस १२ : चितवन कारागारबाट भागेका एक जना थुनुवा पक्राउ परेका छन्।

कारागारबाट भागेका कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय, चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मंसिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए। जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि साउन २० गते उनलाई कारागार पठाइएको थियो।

पक्राउ परेका सूर्यको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ। आज रिपोर्ट नेगेटिभ आएमा उनलाई कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: १०:४१ बजे, आइतबार, पुस १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्