नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
काठमाडौं, पुस ११ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु...
काठमाडौं, पुस ११ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८१९ पुगेको छ।
यस्तै, शनिबार नेपालमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ भने अहिलेसम्म २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ८४० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: १५:३८ बजे, शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











