Kathmandu Press

मकवानपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

हेटौँडा, पुस ११ :  मकवानपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।शनिबार हेटौँडाबाट नारायणगढतर्फ जाँदै...
मकवानपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

हेटौँडा, पुस ११ :  मकवानपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

शनिबार हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा अनियन्त्रित भएर पल्दिँदा  लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए।

घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:३१ बजे, शनिबार, पुस ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्