Kathmandu Press

पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा आगलागी

ताप्लेजुङ, पुस ११ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक...
पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा आगलागी

ताप्लेजुङ, पुस ११ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ।  आगो नियन्त्रणका लागि शनिबार बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।  

यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ। रासस

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, पुस ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्