झापामा टाटा सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु
दमक, पुस ११ : झापामा टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान पूर्व जाँदै गरेको मे.१ ज. २००४ नम्बरको टाटा सुमोले कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा ठक्कर दिँदा कमल गाउँपालिका–६ का ५३ वर्षीय साइकलयात्री झुलानाथ खनालको मृत्यु भएको हो।
ठक्करबाट गभ्मीर घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
ठक्कर दिने सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पण्डितले बताए।
प्रकाशित मिति: १०:१६ बजे, शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











