यौन व्यवसायमा संलग्न रहेको आरोपमा ८० जना पक्राउ
काठमाडौं, वैशाख ३० : काठमाडौंका विभिन्न स्थानबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले ८० जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प....

काठमाडौं, वैशाख ३० : काठमाडौंका विभिन्न स्थानबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले ८० जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले गएराति रत्नपार्क, चावहिल, गंगबु लगायत विभिन्न स्थानबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा ८० जनालाई पक्राउ गरेको हो।
बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्नेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले ती क्षेत्रमा छापा मारेको थियो। काठमाडौंमा हुने अनैतिक क्रियाकलापलाई रोक्न प्रहरीले अभियान सञ्चालन गरेको उनले बताए।
महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरिएको थियो। पक्राउ परेकाहरुलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी बोगटीले जानकारी दिए।











