प्रेसमाथि अंकुश लगाउन खोज्नु गलत: नेतृ कोइराला
विराटनगर, वैशाख ३० : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु गलत भएको बताएकी छिन्।
सोमब....
विराटनगर, वैशाख ३० : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु गलत भएको बताएकी छिन्।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ कोइरालाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अंकुश लगाउन नहुने बताइन्। उनले जनताका आवाज उठाउने पत्रकारले पनि संयमित भएर कलम चलाउनुपर्ने बताइन्।
कोइरालाले संविधान कार्यान्वयनको दिशामा देश अगाडि गइरहेका बेलामा सरकार साना तिना कुरामा अल्झेर बस्न नहुने पनि बताइन्।
प्रकाशित मिति: १६:०४ बजे, सोमबार, वैशाख ३०, २०७६
थप समाचार






