Kathmandu Press

प्रधानमन्त्री ओली कम्बोडिया पुगे 

कम्बोडिया, वैशाख ३० :  प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि कम्बोडिया अधिराज्य पुगेका छन्।

प्रधानमन्त्री ओलीलाई ....

प्रधानमन्त्री ओली कम्बोडिया पुगे 
फाइल फोटो

कम्बोडिया, वैशाख ३० :  प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि कम्बोडिया अधिराज्य पुगेका छन्।

प्रधानमन्त्री ओलीलाई सोमबार नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गरेका थिए। 

समकक्षी प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली कम्बोडियाको भ्रमणमा आएका हुन्।

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मी लगायत छन्।

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, वैशाख ३०, २०७६