Kathmandu Press

प्रधानमन्त्रीले बोलाए साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ६ बजे बैठक...
प्रधानमन्त्रीले बोलाए साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ६ बजे बैठक बोलाएका हुन्।

आजको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ। नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले केही नेतालाई पदस्थापना गराउने स्रोतले जनाएको छ।

यसअघि उनले आकस्मिक रुपमा गत आइतबार मन्त्रिपरिषद्को बैठकले बोलाएका थिए। जसले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

प्रतिनिधि सभा विघटन भएपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो। यसबीचमा मन्त्री परिषदको सदस्यबाट सात जना मन्त्रीले राजीनामा दिइसकेका छन्।

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, पुस १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्