Kathmandu Press

सिरहाका होटल र रेष्टुराँको वर्गीकरण शुरु

सिरहा, पुस १० : सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ। खाद्य प्रविधि...
सिरहाका होटल र रेष्टुराँको वर्गीकरण शुरु

सिरहा, पुस १० : सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन प्रदेश २ कार्यालय जनकपुरले संयुक्त रुपमा सो अभियान शुरु गरेका हुन्।

अभियानको पहिलो दिन सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको नेतृत्वमा लहानस्थित १७ वटा होटल तथा रेष्टुराँको अनुगमनपश्चात् स्तरीकरणको स्टिकर टाँस गरेको डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए। 

लहानस्थित स्माइली होटल र अर्चिड क्याफे होटललाई उत्तम वर्ग (ख) वर्गको स्टिकर टाँस गरिएको छ भने विशाल, गोधुली, इस्ट पोइन्ट, मारुती होटललगायतमा सन्तोषजन वर्ग (ग) को स्टीकर टाँस गरेको प्रमुख सिंहले उनले बताए। ती होटल र रेष्टुराँका सञ्चालकलाई खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालीमसमेत दिइएको थियो। 
    
होटल तथा रेष्टुराँ सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ। खाद्य स्वच्छता, सरसफाइ, भण्डारण, भान्साघर, फोहोरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात् तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो। 

अनुगमन तथा स्तरोन्नति टोलीमा घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादव, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष रामानन्द गुप्ता, उद्योग वाणिज्य संघका र विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागिता रहेको थियो।

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्