Kathmandu Press

बोलेरोले किचेर चालकको मृत्यु

भोजपुर, पुस १० : बोलेरोले किचेर भोजपुर नगरपालिका–५ काउलेमा एक जना चालकको मृत्यु भएको छ।आज बिहान मे १ ज २९८८ नम्बरको बोलेरोले किच्दा...
बोलेरोले किचेर चालकको मृत्यु

भोजपुर, पुस १० : बोलेरोले किचेर भोजपुर नगरपालिका–५ काउलेमा एक जना चालकको मृत्यु भएको छ।

आज बिहान मे १ ज २९८८ नम्बरको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

बोलेरो स्टार्ट नभएपछि उनले बनाउन खोजेका थिए। त्यहि क्रममा बोलेरो पछाडि गुडेपछि उनको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै ज्यान गएको हो। उनी आफै साहु पनि हुन्।

 

प्रकाशित मिति: १०:०२ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्