Kathmandu Press

पार्टीभित्रैबाट सरकार ढालेर अस्थितरता निम्त्याउन थालेपछि संसद विघटन : मुख्यमन्त्री गुरुङ

नवलपुर, पुस ९ :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताएका छन्।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा...
पार्टीभित्रैबाट सरकार ढालेर अस्थितरता निम्त्याउन थालेपछि संसद विघटन : मुख्यमन्त्री गुरुङ

नवलपुर, पुस ९ :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको बताएका हुन्।  

संविधान संशोधन गरेर  लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली  राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको उनले बताए।

आफ्नै पार्टीभित्रबाट सरकार ढालेर अस्थितरता निम्त्याउन लागेपछि व्यवस्था बचाउन जनताको माझमा जाने फैसला प्रधानमन्त्रीले गरेको उनको भनाइ छ।

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्