Kathmandu Press

नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण, ७३९ जना डिस्चार्ज

काठमाडौं,  पुस ७  : नेपालमा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६१३ जनामा कोरोना संक्रमण...
नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण, ७३९ जना डिस्चार्ज
सांकेतिक तस्वीर।

काठमाडौं,  पुस ९  : नेपालमा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ भने अहिलेसम्म २ लाख ४७ हजार ४०० जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८०८ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ७३९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, पुस ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्